बिहीबार सार्वजनिक बिदा छैन : गृह मन्त्रालय
काठमाडौँ। सूर्य ग्रहणका दिन बिहीबार सार्वजनिक बिदा नहुने गृह मन्त्रालयले जनाएको छ।
बिदा सम्बन्धित कुनै पनि जानकारी नआएकोले हालसम्म त्यस्तो कुनै निर्णय नभएको गृह प्रवक्ता केदारनाथ शर्माले बताए।सार्वजनिक बिदाको हल्ला बारे स्पष्ट पार्दै सहसचिव शर्माले सबैलाई बिदा हो कि होइन भनेर नझुक्किन आग्रह गरेका छन्।
बिहीबार बिहान ८ बजेर ४३ मिनेटदेखि ११ बजेर ३३ मिनेटसम्म करिब तीन घन्टा सूर्य ग्रहण लाग्दै छ।