वाणगंगा नगर भित्रका विद्यालय भोली बन्द हुने
पुस ९ ,बसन्ता भुसाल कपिलवस्तु ।
भोलि ९विहिवार० वाणगंगा नगरपालिका भित्र रहेको सबै विद्यालय बन्द हुने भएका छन् । नगर भित्र रहेका सामुदायिक तथा निजी विद्यालय भोलि७लदकउस एक दिनका लागि बन्द हुने वाणगंगा शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले जानकारी दिनुभयो । बाणगंगा नगर शिक्षा समितिको बैठक बसी भोलि पौष १० गते सुर्य ग्रहणलाग्ने भएकोले नगरका सबै विद्यालय बन्द गर्ने निणर्य गरिएको हो । विभिन्न विद्यालयमा सञ्चालन भएको राष्ट्रपति खेलकुद सञ्चालन हुने गरि विद्यालयहरुलाई विदा दिने निर्णय गरिएको जनाइएको छ ।
भोलि लाग्ने खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंका लगायत एशियाका सबै देश, हिन्दमहासागर, मलेशिया, पूर्वी युरोप, उत्तररपश्चिम अस्ट्रेलिया, पूर्वी अफ्रीका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ । नेपाली समय अनुसार बिहानको ८ बजेर ४२ मिनेटमा स्पर्श हुने र १० बजेर ०१ मिनेटमा मध्य हुने र ११ बजेर ३१ मिनेटमा मोक्ष हुनेछ ।