Connect with us
Kapilvast Forest

नेविसंघ र तरुण दलद्धारा शैक्षिक सामाग्री बितरण

२०७६, ९ पुष बुधबारमा प्रकाशित

गएिको हो ।

त्यस्तै विभिन्न खेलकुदका सामग्रीहरु भलिबल फुटबल ब्याडमिन्टन ३/३ सेट भलिबल नेट १ थान त्यसैगरी जर्सी १० थान सहित पानी शुद्धिकरणका लागि फिल्टर मेसिन, स्टील दराज, प्लाष्टीक कुर्सी २० थान गरी एक लाख भन्दा बढिको सामाग्री हस्तान्तरण गरीएको हो । न्यू पराजुली ट्रेडर्स ४ नम्बर जितपुरका संचालक कृष्ण पराजुली र ओमकार आचार्य (राजु)ले सहयोग गर्नुभएका सामग्रीहरु नेविसंघले प्रदान गरको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितीकी उप–स.योजक तारावती चौधरीले नेपाल विद्यार्थी संघ र नेपाल तरुणदल अन्य पार्टीका भातृ संगठन भन्दा सामाजिक कार्यमा अग्रसर रहेको बताईन् । उनले सरकारले गर्नु पर्ने काम विद्यार्थी संगठनले गरेकोमा खुसी व्यक्त गरिन् । नेपाल तरुण दलका जिल्ला सभापति शक्ति सिँह ठकुरीले नेपाल तरुणदलले शैक्षिक क्षेत्रमा यस्ता धेरै काम गरेको भन्दै जिल्लामा अग्नी पिडित, वाढि पिडित, घरवार बिहिनका लागि आवासको व्यवस्था समेत गर्दै गरिव तथा दिन दुःखीको दुख र सुखमा साथ दिने काम गरेको बताए ।

नेपाल तरुणदल र नेपाल बिद्यार्थी संघले कुरा नभई काम गरेर र गर्नका लागि मात्र आम जन समुदायमा आउने बताए । नेपाल बिद्यार्थी संघ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले संघ संगठन भनेको समुदाय परिवर्तन गर्ने एउटा मजवुत पिलर रहेकोले यसलाई अझ बलियो वनाउनका लागि हामी सबैको दायित्व रहेको बताए ।साथै नेविसंघ र तरुण दल खाली बिध्यार्थी माझ राजनीति मात्र हैन सामाजिक कार्य र उनिहरुको समस्या समाधान गर्दै अघि बढेको बताउदै आगामी दिनमा अझ यस्ता कार्यक्रम गर्दै विद्यार्थीका समस्यामा मलम लगाउने बताउनु भयो साथै कार्यक्रम चन्द्रकान्त पोख्रेलकै सक्रियतामा बितरण गर्न सफल भएकोमा विद्यार्थी र बिध्यालयले खुसी ब्यक्त गरेका थिय।

कार्यक्रममा सिदार्थ क्यापसका इकाई सभापति दिनेश क्षेत्रीको अध्यक्षता वडा नम्बर ३ का वडा अध्यक्ष सन्तराम थारु,र बिध्यालयका प्रध्यानाध्यापक गोपाल चौधरी र समितिका सदस्य गोबिन्द पौडेलले कार्यक्रमको प्रसंशा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो।

तरुण दलका कृष्ण पराजुली,प्रविन पौडेल गुरुदेव पौडेल, बिनोद राना, नेपाली कांग्रेस अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष तुल्सीराम घिमिरे, नेपाली कांग्रेस वडा नम्बर ३ का वडा सभापति खिमानन्द पाण्डे,तरुण दलका सन्तोस पाण्डे समाजसेवी लक्षमण पोख्रेल कृष्णदेव पोख्रेल गिरि खनाल खिमानन्द घिमिरे खेमनारायण डुम्रे एकनारायण भट्टराई रामप्रसाद खनाल पम्फा खनाल साथै गौरी भवानी मा.वि.भक्तौलिका विद्यालय व्यवस्थापन समिती सदस्य गोबिन्द पौडेल,पुर्व अध्यक्ष इश्वरी खनाल,भोजराज आचार्य समितिका सदस्यहरु अभिभावक विद्यार्थी त्यसैगरी शिक्षक अभिभावक संघका लालकुमार महत सल्लाहकार सयोजक लोक बहादुर थापा छेत्री लगातको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन स्ववियु सदस्य हरि ढुङ्गाना ले गर्नु भएको कार्यक्रममा स्वागत नेविसंघ उपसभापति मीन थापाले गर्नु भएको थियो।सामाग्री पाएपछि विद्यार्थीहरु द्वारा खुसी ब्यक्त गरिएको थियो।

Pages: 1 2

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu