Connect with us
Kapilvast Forest

ताप्न बालेको आगाेले जलेर एक जनाकाे ज्यान गयाे

२०७६, १० पुष बिहीबारमा प्रकाशित

पुस १०, सर्लाही – बरहथवा नगरपालिका १७ श्रीपुरमा आफ्नै घरमा आगो बालेर ताप्ने क्रममा जलेर बुधबार राति एक जना महिलाको ज्यान गएको छ ।आफ्नै घरको आँगनमा ताप्न बालेको आगो शरीरमा सल्किएपछि घाइते हुनुभएकी ४० वर्षीया राजमति देवी साहको उपचारको क्रममा जनकपुर अस्पतालमा ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।

त्यसैगरी विष्णु गाउँपालिका १ को बेल्वामा पनि आगो ताप्ने क्रममा जलेर २५ वर्षीया सरस्वती पासवान घाइते हुनुभएको छ । घरमा बालेको आगो ताप्ने क्रममा अचनाक साडीमा आगो सल्किएपछि घाइते हुनुभएकी पासवानको जिल्ला अस्पताल मलंगवामा उपचार भैइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी आगलागीबाट ईश्वरपुमा तीन वटा पसल जलेर नष्ट भएको छ। बैयलवास बजारमा रहेको हकिम मियाँ, नुर अन्सारी र मजहर हुसेनको पसलमा बिजुलीको तार सर्ट भइ आगलागी हुँदा २१ रुपैयाँ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीय नुर अन्सारीको पसलमा बिजुलीको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu