Connect with us
Kapilvast Forest

एकैदिन ३४ सिनियर प्रहरी अधिकृतको अवकाश

२०७६, ११ पुष शुक्रबारमा प्रकाशित

 

काठमाडौं । नेपाल प्रहरीमा दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहित ३४ सिनियर अधिकृतले एकै दिन शुक्रबार देखी अवकाश पाउने भएका छन् । जनपद समुह तर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विभुतिराज पाण्डे र भोजजंग शाहसहित ३४ जना सिनियर अधिकृतले शुक्रबारदेखी अवकाश पाउने भएका हुन् ।

अवकाश पाउनेहरुमा प्रहरी उपरीक्षक (एसपी) हरु राजकुमार लम्साल, अच्युतप्रसाद पुडासैनी, विद्यानन्द माझी, प्रहरी नायव उपरीक्षक डीएसपीहरु शिवराज बस्नेत, मनोहरराज श्रेष्ठ, सुभाष गैह्रे, प्रदीप डिसि, रामशंकर कोहार, कृष्णदत्त भट्ट, विनोदबिक्रम शाह, विनोद खड्का, कृष्णगोपाल पनेरु, कृष्णराज सापकोटा, कृष्णसुन्दर बिष्ट, चिनकपुर गुरुङ र निर्मल लामा रहेका छन् ।

त्यसैैगरी, प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिष्णुप्रसाद पोखरेल, योगेन्द्रबहादुर हमाल, हरीदास श्रेष्ठ, राजेश राई लगायतले समेत शुक्रवारदेखि अनिवार्य अवकाश पाउँदैछन् । शुक्रबारदेखि अवकाश पाउने ३४ जना अधिकृतहरु २०४६ पुस ११ मा प्रहरी सहायक निरीक्षक (असई) बाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu