पीपीएल फाइनलः विराटनगर टस जितेर फिल्डिङमा
विराटनगर –
पीपीएल फाइनलः विराटनगर टस जितेर फिल्डिङमापोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलमा विराटनगरले टस जितेर फिल्डिङ रोजेको छ ।गत सिजनको उपविजेता चितवन राइनोजसँग फाइनल खेलिरहेको विराटनगर पहिलो पटक उपाधि जित्ने दाउमा छ । उसोत, विराटनगर पीपीएलको फाइनल पुगेकै पहिलो पटक हो ।चितवन भने अघिल्लो सिजनमा पोखरा पल्टनसँग फाइनलमा पराजित भएको थियो ।