Connect with us
Kapilvast Forest

देउवाको पेलाइले कांग्रेस विवाद उत्कर्षमा

२०७६, १३ पुष आईतवारमा प्रकाशित

 

काठमाडौं । राजधानीबाट आइबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न फरक(फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।

शनिबार जनता समाचार डटकम मा ‘इन्स्पेक्टरको छोरी हुँ, ल आइज’ भन्दै डिआइजी पोखरेललाई नै चक्कु ताकेपछि.., अबको चुनौति दलाल पुँजीवाद,ट्रिपरसँग स्कुटर ठोकिँदा एकको मृत्यु, मन्त्री भट्टराईद्वारा निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण, सोल्टीमा आशा भोस्लेको साँगीतिक रौनक, उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको दाबी र हरवाचरवा समुदायको न्यायिक पुनःस्थापना आवश्यकलगायतका समाचार प्रकाशन गरिए ।

राजधानी दैनिकले देउवाको पेलाइले कांग्रेस विवाद उत्कर्षमा शीर्षकमा प्रमुख समाचार प्रकाशन गरेको छ । समाचारमा उल्लेख भएअनुसार प्रतिरोध गर्न वरिष्ठ नेता पौडेल पक्षले रणनीति बनाउने भएको छ । बहुमतको बलमा सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गरेपछि कांग्रेसमा विवाद चुलिएको हो ।

२६ मंसिरबाट शुरु केन्द्रीय समिति बैठकलाई वरिष्ठ नेता पौडेल समूहले बहिष्कार गर्दै आएपछि शुक्रबार संस्थापन समूहले केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप्ने र २०७७ फागुनमा १४ औं महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो । तर असन्तुष्ट समूहको नेतृत्व गर्दै आउनुभएका पौडेलले निर्णण नसच्याए आफूहरु कार्यकर्तामाझ जाने बताउनुभएको छ । ‘बहुमतको निर्णय देखाएर पार्टीलाई धरापमा पारियो, गलत मनसायबाट निर्णय भएको छ, निर्णय सच्याउनुपर्छ,’निर्णय नसच्चिए देशभरका कार्यकतामाझ जान्छौं, नेता पौडेलले भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले १ हजार २ सय महासमिति सदस्यले बैठकबाट गरेको निर्णय केन्द्रीय समितिमा बहुमत छ भन्दैमा मिच्न नपाइने भन्नुहुँदै २८ विभागलाई ४७ बनाएर पद बाँड्न खोजिएको बताउनुभएको पत्रिकामा उल्लेख छ ।

नागरिक दैनिकमा ‘हिमागृहमा पनि यतीका आाखा’ शीर्षकमा मुख्य समाचार छ । समाचार अनुसार यती होल्डिङ्स प्रालिलाई गोकर्ण रिसोर्टको लिज अवधि थपसँगै हिमागृहसम्बन्धी पुरानो निर्णय कार्यान्वयनका लागि फेरि चलखेल शुरु भएको छ । अहिले ‘माथिको आदेश’ भन्दै त्यही निर्णय कार्यान्वयनका लागि ट्रस्टका उच्च अधिकारी नै लागिपरेको पत्रिकाले लेखेको छ । नागरिकमा जग्गा नपाउँदा १२ योजना अलपत्र र बाँके र बर्दियालाई कर्णालीमा गाभ्न कसरत शीर्षकका अन्य विषयमा समेत शीर्ष समाचार छ ।

अन्नपूर्ण पोष्ट् दैनिकले एमसीसीमा नेकपा लचिलो शीर्षकमा प्रमुख समाचार छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विकास र सहयोगसम्बन्धी अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसदबाट अनुमोदन गर्ने संकेत गरेको छ । पत्रिकामा उल्लेख भएअनुसार स्थायी समिति बैठकपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले केन्द्रीय नेताहरुलाई जारी गरेको गोप्य अन्तरपार्टी निर्देशन ३ मा एमसीसीप्रति पार्टी लचक देखिएको लेखिएको छ । तर पार्टी स्थायी समिति सदस्यसमेत रहनुभएका नेता भीम रावलले भने एमसीसी इन्डो प्यासिफिक अधिनस्थ छैन भनेर अधयक्षद्वयले कसरी भन्न सक्नुभयो ? भन्दै प्रश्न गर्नुभएको समाचारमा उल्लेख छ । यसैगरी कांग्रेसमा टुट्दै संवाद र सुस्तायो अर्थतन्त्र शीर्षकमासमेत प्रमुख समाचार बनाइएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu