Connect with us
Kapilvast Forest

राजकुमार र रोशन बने रोड रेसिङ च्याम्पियनसिप

२०७६, १३ पुष आईतवारमा प्रकाशित

काठमाडौ । नेपाल रोड रेसिङ च्याम्पियनसिपको विजेता राजकुमार कार्की र रोशन रानामगर भएका छन् । कार्की २ सय सीसी र रानामगर १ सय ५० सीसी सेगमेन्टका विजेता बनेका हुन् ।

२ सय सीसी सेगमेन्टमा पविन कार्कीले दोस्रो र भिम होनाले तेस्रो स्थान हासिल गरे । त्यसैगरी १ सय ५० सीसी सेगमेन्टमा नवीन खड्गीले दोस्रो र प्रताप बस्नेतले तेस्रो स्थान हासिल गरे ।

पहिलो, दोस्रो र तेस्रो हुने विजेताले क्रमशः ३५ हजार, २० हजार र १५ हजार नगद प्राप्त गरे ।
काठमाडौंको गुर्जुधारास्थित भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा सम्पन्न बाइक रेसिङ प्रतियोगिता ‘टीभीएस रेसिङ’ अर्थात नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१९ नामक सो प्रतियोगिताको मुख्य प्रायोजक नेपालमा टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स रहेको थियो ।

मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो रेसिङ प्रतियोगितामा नोभिस र ओपन गरी दुई क्याटागोरीमा राइडरहरु सहभागी भएका थिए । यसमा १ सय ५० देखि २ सय सीसी सम्मका बाइक गुडाइएका थिए ।

सो प्रतियोगितामा एक सय भन्दा बढी बाइक राइडरहरुले सहभागिता जनाउने छन् । विभिन्न छनोट चरण पार गरेर अन्त्यमा विजेताको घोषणा गरिएको थियो ।

च्याम्पियनसिपका लागि पेट्रोनस लुब्रिकेन्ट, गल्फ लुब्रिकेन्ट, क्यास्ट्रोल लुब्रिकेन्ट र एभरेष्ट लुब्रिकेन्टले समेत प्रायोजन गरेका थिए । यस पटक लुब्रिकेन्ट कम्पनीहरुका अफिसियल राइडरहरु समेत प्रतियोगितामा सहभागी भएका थिए ।
मेभोक्स हेलमेट र लिक्वि मोली लुब्रिकेन्ट तथा पार्ट्सले समेत प्रायोजन गरेको उक्त प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, माउन्टेन स्पोर्ट्स फेडरेसन र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को समेत सहयोग रहेको थियो ।

रेसिङलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारले सबैलाई धन्यवाद दिएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu