नवौं अन्तराष्ट्यि कराते च्याम्पियनसिपमा मिसन गाेजुरियाेले नेपालकाे प्रतिनिध्तव गर्ने
भैरहवा,१३ पुस । नवौं अन्तराष्ट्यि करातें च्याम्पीयनसिप २०२० तथा अन्तराष्ट्यि स्पोर्टस एक्सलेन्स अवार्डमा भाग लिन जापान गोजु रियो कराते डो मिसन संघ नेपालको टोली भारतको कलकत्तामा जानेभएको छ । यहि पुस २४,२५ र २६ गते भारतको कलकत्ता उलबरिया स्थित रविन्द्र भवनमा हुने च्याम्पीयनसिपमा भाग लिन सो टोली प्रस्थान गर्ने भएको आज भैरहवामा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
प्रतियोगितामा नेपाली कराते टोलीको प्रतिनिधित्व जापान गोजुरियो कराते मिसन एशोसियसन नेपालले गर्ने एशोसियसनका संस्थापक तथा प्रमुख प्रशिक्षक केवी राना काजीले बताउनु भयो । प्रतियोगिताका लागि यहि पुस २२ गते बिहान टोली प्रस्थान गर्ने संघका केन्द्रिय सचिव गिरी पुनले बताउनु भयो ।
प्रतियोगितामा ७ जना महिला सहित २० जना खेलाडी र ७ अफिसियल गरी २७ जना सहभागी हुने पुनले बताउनु भयो । अन्तराष्ट्यि स्पोस्र्टमा नेपाल सहित श्रीलंका,भुटान,बंगलादेश र भारत गरी ५ देशको सहभागिता रहने प्रमुख सल्लाहकार भरत बहादुर केसीले बताउनु भयो । प्रतियोगितामा विगतमा अन्तराष्ट्यि च्याम्पीयनसिपमा स्वर्णपदक विजेता खेलाडीहरु रुपा राना,सन्तु थारु,सुमन परियार,साहिल गुरुगं,लगायतका खेलाडीहरुको सहभागिता हुने आयोजक संस्था रुपन्देहीका अध्यक्ष उमेश थापाले जनाउनु भएको छ । सो प्रतियोगितामा ५ देशका ५ सय खेलाडीको सहभागिता रहने पनि थापा मगरले जानकारी गराउनु भयो ।
जापान गोजुरियोको नेतृत्वमा यस अघि पनि अन्तराष्ट्यि प्रतियोगितामा भाग लिएको मध्य े३ वटा प्रतियोगितामा टिम च्याम्पीयनसिप भइसकेको छ । पुर्व मेदिनीपुर हलदिया कराते गेम्स एण्ड स्पोर्टस एशोसियसन एण्ड सितोरियो कराते अफ इण्डीयाको आयोजनामा हुने नवौं अन्तराष्ट्यि कराते च्याम्पीयन २०२० प्रतियोगितमा पनि यो टिम च्याम्पीयनसीप बनेर देशको नाम इतिहासमा लेख्ने आशा गरेको प्रमुख प्रशिक्षक काजीले बताउनु भयो ।