Connect with us
Kapilvast Forest

चन्द्रौटा महोत्सवका आजका आकर्षकहरु

२०७६, १५ पुष मंगलवारमा प्रकाशित

अर्जुन बेल्बासे,कपिलवस्तु –
कृषि पर्यटन र औद्योगिक विकाश हाम्रो अभियान ,आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ हिजो देखि सुरु भएको छैठौं चन्द्रौटा महोत्सबको दोस्रो दिन अर्थात आज पुस १५ गते संजिभ सिंह राना,दिक्षा सुनार प्रदिप त्रिपाठी ,डान्सर शारदा भुसाल,ढाकाराम पौडेल लगायत राष्टिय तथा स्थानिय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
महोत्सब महोत्सवमा जिल्लाका एक प्रतिष्ठित डान्स ग्रुप जे डि सी डान्स ग्रुप र नमस्ते डान्स ग्रुपको पनि बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ। हिजो देखि सुरु भएका महोत्सवमा सोमवार समउद्धघाटन समारोहमा लगभग ६ हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन ।

महोत्सवमा बालउद्यान,मतकाकुवा , राष्ट्रिय कलाकार,डान्स गु्रपको प्रस्तुति स्थानीय स्तरमा उत्पादित कृषि, उद्योग, हस्तकला, जडिबुटीहरुको प्रदर्शनीका स्टलहरु मेलाका आकर्षकका  रुपमा रहेका छन ।

त्यस्तै महोत्सवको १६ गते आकर्षकको रुपमा सपना गाहा, श्री निवास चौधरी, प्रिया भण्डारी ,सारदा भुसाल,दिपु मगर लगायत स्थानिय कलाकारको प्रस्तुती सगँ सगैँ डान्स ग्रुपको प्रतुति रहने छ ।

म्होत्सवको आकर्षकको रुपमा लिएको छैठौं चन्द्रौटा डान्स आइडलको प्रथम पुरस्कार रु ५० हजार एक सय एघार, दोस्रो पुरस्कार रु.३० एक सय एघार र सन्त्वना पुरस्कार दुई जनालाई रु १० हजार १ सय ११ रहेको महोत्सव मुलआयोजक समितिले जानकारी गराएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu