Connect with us
Kapilvast Forest

पुलिस क्लबले राइजिङ युथ क्लबलाई ५-० गोलको फराकिलो अन्तरले हरायो

२०७६, १५ पुष मंगलवारमा प्रकाशित

धनकुटा : निशा सुनुवारको उत्कृष्ट प्रदर्शनसँगै नेपाल पुलिस क्लब ‘सहिद रिदामाहाङ-रामालिहाङ आठपहरिया प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता’ को सेमिफाइनलमा प्रवेश गरेको छ। धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सोमबार भएको खेलमा पुलिस क्लबले उदयपुरको बसाहा राइजिङ युथ क्लबलाई ५-० गोलको फराकिलो अन्तरले हरायो।

फाइनल प्रवेशको लागि पुलिस क्लबले बुधबार अर्को विभागीय टोली एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पुलिस क्लबको जितमा निशाले ह्याट्रिक गरिन्। पुलिस क्लबका लागि रञ्जिता गुरुङ र अमृता जैशीले पनि एक÷एक गोल थपे। खेल सुरु भएको चौथो मिनेटमै गोल गर्दै निशाले पुलिसलाई अग्रता दिलाइन्। नीरू थापाले दिलाएको हेडिङ पासमा विपक्षी गोलरक्षक देविका श्रेष्ठलाई ‘विट’ गर्दै निशाले सुन्दर गोल गरेकी थिइन्।

खेलको प्रारम्भदेखि नै पुलिस क्लबले विपक्षीलाई दबाबमा राखेको थियो। ५३ औं मिनेटमा पुलिस क्लबकी रञ्जिताले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन्। ६०औं मिनेटमा अमृताले टोलीका लागि तेस्रो गोल गरिन्। दीपा न्यौपानेले कर्नरबाट दिएको पासलाई उनले सदुपयोग गरेकी हुन्। त्यसको चार मिनेटपछि नै निशाले व्यक्तिगत दोस्रो गोल थपिन्। दोस्रो हाफको इन्जुरी समयमा निशाले ह्याट्रिक पूरा गरेकी थिइन्। निशा ‘वुमन अफ दी म्याच’ घोषित भइन्। उनले ट्रफी र तीन हजार रुपैयाँ पुरस्कार पाईन्। किराँत आठपहरिया समाज नेपाल धनकुटाले आयोजना गरेको उक्त प्रतियोगिताको विजेता टोलीले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu