Connect with us
Kapilvast Forest

मधेसमा फेरि एक पटक ठूलो आन्दोलन हुन्छ : यादव

२०७६, १५ पुष मंगलवारमा प्रकाशित

 

महोत्तरी, पुस १५ : समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेसमा पुनः ठूलो आन्दोलन हुने बताएका छन्।युवा संघ महोत्तरीको जिल्ला सम्मेलनलाई मंगलबार जलेश्वरमा सम्बोधन गर्दै उनले वर्तमान सरकार आफ्नो पार्टीसँग गरेको सम्झौतामा धोका दिएको तथा मधेस र मधेसीको हकअधिकार दिन आनाकानी गरेको हुँदा आफ्नो हक र अधिकार प्राप्तिका लागि मधेसमा पुनः ठूलो आन्दोलन गर्ने बताएका हुन्।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले संविधान संशोधन गरेर जबसम्म मधेश र मधेशीलाई बराबरीको हक दिँदैन, तबसम्म आफूहरु आन्दोलन गरिराख्ने र मधेसी जनताले आफूहरुलाई सधैँ सहयोग गरिरहने बताए। उनले भने,‘आफ्नो पार्टी अब सडक र सदन दुवै ठाउँबाट संघर्षका कार्यक्रमहरु अगाडि बढाउने तथा पूर्ण रुपमा अधिकार प्राप्त नहुन्जेलसम्म संघर्षका कार्यक्रम निरन्तर चलिरहन्छ।”

अध्यक्ष यादवले वर्तमान सरकार आफूहरुलाई वाचा गरेर पनि मधेस र मधेसीलाई हकअधिकार दिनबाट खुट्टा पछाडि तानेको तथा संविधान संशोधन गर्न नमानेको भन्दै सोही कारण आफूहरुले सरकार छाडेको स्पष्ट पारे। उनले अब मधेसी जनताले ठूलोभन्दा ठूलो अन्तिम आन्दोलन गर्न पुनः जरुरी भएको भन्दै आन्दोलनका लागि सबैलाई तयार रहन आग्रहसमेत गरे।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu