Connect with us
Kapilvast Forest

कांग्रेसका उपनेता कनोडिया उखु किसानको २१ करोड तिर्न तयार 

२०७६, १५ पुष मंगलवारमा प्रकाशित

 

काठमाडौं : गृहमन्त्रालयले पक्राउ गर्न पत्र काटेपछि महालक्ष्मी सुगर्स मिलका सञ्चालक तथा नेपाली कांग्रेसका प्रदेश ५ संसदीय दलका उपनेता वीरेन्द्र कनोडिया उद्योग मन्त्रालयमा उपस्थित भएका छन्। उनी सञ्‍चालक रहेको महालक्ष्मी सुगर्स मिलले उखु किसानलाई २१ करोड रुपैयाँ नतिरेपछि कृषि र उद्योगमन्त्रालयको पत्रानुसार मंगलबार गृहमन्त्रालयले पक्राउका लागि प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको थियो। गृहले पत्र काटेको थाहा पाएलगत्तै उनी किसानको सबै रकम तिर्न तयार भएको भन्दै उद्योग मन्त्रालयमा पुगेका थिए।

उद्योगमन्त्री लेखराज भट्टले किसानको २१ करोड रुपैयाँ एकसातामा तिर्ने कबुल कनोडियाले गरेका छन्। ‘प्रदेश ५ को सांसदसमेत रहेका मिल मालिक केडियाले मन्त्रालय आएर किसानको सबै रकम तिर्ने प्रतिवद्धता जनाएका छन्’, भट्टले भने, ‘अन्य उद्योगीले पनि किसानको बसै वक्यौता तिर्ने भन्दै सम्पर्क गरिरहेका छन्।’ मन्त्री भट्टका अनुसार किसानको वक्यौता तिर्ने वाचासहित अर्का उद्योगी पनि मन्त्रालयमा आइपुगेका छन्।

श्रीराम सुगर मिल्सका सञ्चालक हितेश गोल्छा र विशाल अग्रवाल पनि किसानको रकम तिर्ने वाचासहित मन्त्रालयमा पुगेका छन्। उनीहरु सञ्चालक रहेको श्रीराम सुगर मिलले किसानको करिब ४२ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ। ६ वर्षयताको रकम नपाएपछि उखु किसानहरु सातादेखि कामाडौंमा आन्दोलित भएपछि सरकारले कारवाही अघि बढाएको हो। गृह मन्त्रालयले उखु किसानहरुको बक्यौता नतिर्ने मिल मालिकलाई पक्राउ गरी उद्योग मन्त्रालयमा उपस्थित गराउन मंगलबार प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेर निर्देशन दिएको थियो। गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव केदारनाथ शर्माका अनुसार कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पत्रका आधारमा प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो।

‘हामीलाई बक्यौता नतिर्ने मिल मालिकबारे कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पत्र प्राप्त भएको छ’, शर्माले थाहाखबरसँग भने, ‘उक्त पत्रका आधारमा गृहले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएर उखु किसानको वक्यौता भुक्तानी नगर्नेहरुलाई खोजेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन पत्राचार भनेका छौँ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu