विप्लव समूहका नेता ओली समूहमा प्रवेश
काठमाडौं – प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेकपा(विप्लव) समूहका नेता बाबुलाल शाक्य सत्तारुढ दल नेकपाको ओली समूहमा प्रवेश गर्नु भएको छ ।
विप्लव समूहका विशेष जिल्ला कमिटी सदस्य समेत रहेका शाक्य नेकपा ओली समूहको पोखरामा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलाका क्रममा पार्टी प्रवेश गर्नु भएको हो ।
उनीसँगै विप्लव समूहका अन्य कार्यकर्ताका साथै काँग्रेस र जनता समाजवादी पार्टी परित्याग गरेर दर्जनौं नेता कार्यकर्ता पनि ओली समूहमा प्रवेश गर्नु भएको थियो
नवप्रवेशीलाई गृहमन्त्री रामबहादुर थापा लगायतले अबिर र माला लगाएर स्वागत गर्नु भएको थियो ।
पार्टी प्रवेश गरेसँगै शाक्यले आफू पार्टी प्रवेश गरेको भन्दा पनि मुल घरमा आएको अनुभूति भएको बताएका थिए ।
विप्लव नेतृत्वको नेकपालाई ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको थियो ।