Connect with us
Kapilvast Forest

प्रचण्डबाट मन्त्रीको आश्वासन आएको छैन :किसान श्रेष्ठ

२०७७, १८ फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौं -नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्ण कुमार श्रेष्ठ ९किसान०ले आफूलार्य प्रचण्ड(नेपाल समूहबाट मन्त्री बनाउने आश्वासन आएको भन्ने कुरा झुटो भएको बताउनु भएको छ ।

एउटा दैनिक पत्रिकामा मंगलबार प्रकाशित समाचारमा आफ्नो नाम जोडेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट मन्त्री पदको अफर आएको भन्ने कुरा सही नभएको उहाँको भनाइ छ ।

मंगलबार प्रकाशित एक दैनिक पत्रिकामा श्रेष्ठको भनाइ उल्लेख गर्दै उनलाई नेकपाको प्रचण्ड(नेपाल समूहले मन्त्री बनाइदिने आश्वासन दिएर आफूतिर तान्न खोजेको विषय समावेश थियो ।

प्रतिनिधि सभा विघटनपछि विभाजित नेकपाका दुई समूह (ओली र प्रचण्ड)बाट प्रतिनिधि सभा पुनःस्थापना भइसकेपछि सांसद तानातान भइरहेको समाचारमा उल्लेख छ । समाचारमा श्रेष्ठबारे लेखिएको छ, ‘तनहुँका सांसद कृष्णकुमार श्रेष्ठलाई केही दिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहालले फोन गरे  । आफ्नो समूहमा लागे नयाँ सरकार बनेपछि मन्त्री बनाउने र उनलाई भेट्न घरसम्मै आउने प्रस्ताव दाहालको थियो । श्रेष्ठले स्विकारेनन् । उनले बताएअनुसार पछिल्लो समय गुट परिवर्तनको आग्रह गर्दै दिनहुँ उनलाई दर्जनौं फोन कल आउँछन् ।’

श्रेष्ठले मंगलबार एक वक्तव्य जारी गर्दै आफूलाई पार्टीका कुनै पनि नेताले फोन गर्नु सामान्य भएको पनि बताउनु भएको छ ।

‘प्रतिनिधि सभाको पुनःस्थापना पछि अबको विवाद स्वभाविक रुपमा नेकपाको संसदीय दलमा प्रवेश गरेको र बहुमत प्राप्त दल भित्रैबाट प्रधानमन्त्री चयन हुने सन्दर्भमा मलाई मात्र हैन, सम्पूणर् सांसदहरुलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डज्यूसहितका वरिष्ठ नेताहरुले फोन गर्नु र भेट्न खोज्नु सामान्य कुरा हो,’ श्रेष्ठले भन्नु भएको छ , ‘समाचारमा उल्लेख गरिएअनुसारको यो समूह वा त्यो समूहले मन्त्री पदको आश्वासनसको दिएको भनेर आएको समाचारमा कुनै सत्यता छैन ।’

आफूसँग कुनै प्रतिक्रिया नै नलिइ अनुमानको भरमा समाचारमा राखिएको विषयवस्तुप्रति आफ्नो असहमति रहेको पनि श्रेष्ठले उल्लेख गरेका छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu