नेकपा प्रचण्ड–माधव समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्छ :महामन्त्री कोइराला
चितवन-कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपा प्रचण्ड–माधव समूहसँग मिलेर सरकारमा जानुपर्ने धारणा राख्नु भएको छ । चितवनमा पत्रकारसँग कुरा गर्दै कोइरालाले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा प्रचण्ड–माधव समूहले दर्ता गर्ने जानकारी दिनु भयो ।
उहाँले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानुको अर्थ नहुने बताउनु भयो । प्रतिनिधिसभा सदस्य कोइरालाले भन्नु भयो , ‘नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ । त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन ।’
उहाँले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने बताउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिनु भयो ।कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन सुरु हुने बताउँदै अब मिति नसर्ने जिकिर गर्नु भयो ।