Connect with us
Kapilvast Forest

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग

२०७७, १९ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं-प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः राजीनामा माग गरेको छ। आज पार्टी कार्यालय पेरिसडाँडामा बहुमत केन्द्रीय समिति सदस्य सहभागी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला लगत्तै ओलीले राजीनामा दिनुपर्नेमा अटेर गरिरहेकाले त्यसको निन्दा गर्दै तत्काल संवैंधानिक नैतिककता आधारमा राजीनामा दिनुपर्ने माग गरेको हो

। यस्तै आजको बैठकले सरकार गठनसम्बन्धी सम्पूर्ण जिम्मा पार्टीको स्थायी समिति बैठक र केन्द्रीय सचिवालय बैठकलाई दिने निर्णयसमेत गरेको छ । यस्तै बैठकले पार्टीको आधिकारिकता बारे के भइरहेको हो भनेर निर्वाचन आयोगमा जानकारी माग्न पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आधिकारिकताको दावी पेश गरे पनि निर्वाचन आयोगले निर्णय गर्न ढिलाइ गरिरहेको बैठकले ठहर गरेको नेता सुरेन्द्र पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो ।

यस्तै प्रतिनिधि सभा विघटनको विरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दाका आधारमा सरकारी निर्णय खारेज गरेकोमा न्यायमुर्तिलाई धन्यावाद दिने निर्णय समेत भएको उहाँको भनाई छ । साथैै पार्टीको विधान विपरित काम गरकाले सुवास नेम्बाङलाई स्थायी समितिबाट ६ महिनाका लागि निलम्बन र संसदीय दलको उपनेताबाट राजीनामा दिन लगाउने निर्णय पनि भएको छ ।

केन्द्रीय सदस्य बिशाल भट्टराईले जनतामा भ्रम पार्न खोज्ने काम गरेको र पार्टी विधान विपरित भएको ठहर गर्दै केन्द्रीय सदस्यबाट निकाल्ने निर्णय समेत भएको छ । यस्तै भट्टराईलाई प्रतिनिधि सभा सदस्यका रूपमा सच्चिएर पार्टी हित अनुसार काम गर्न निर्देशन दिईएको छ।पार्टीमा केपी ओलीको निर्देशनमा अराजक गतिविधि गरेको भन्दै प्रभु साह, कर्ण थापा, शान्ता चौधरी, महेश बस्नेत र सूर्य थापालाई ६ महिनाको निलम्बन गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu