विप्लव समूहको प्रतिवन्ध फुकुवा, अव पक्राउ नगरिने –
काठमाडौं-नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग वार्ता चलिरहेकाले सरकारले उसका नेता(कार्यकर्तालाई तत्काल पक्राउ नगर्ने रणनीति लिएको छ।
हिंसात्मक गतिविधि गरेको भन्दै प्रहरीले विप्लव समूहलाई प्रतिबन्ध लगाउँदै नेता(कार्यकर्तालाई जहाँ भेट्यो पक्राउ गर्ने रणनीति सरकारको थियो।
अहिले विप्लव समूह र सरकारबीच वार्ता चलिरहेकाले देख्नेबित्तिकै समात्ने रणनीति सरकारको छैन।विप्लव समूहको काम हेरेरमात्रै समात्ने रणनीति छ, पहिलेजस्तो देख्नेबित्तिकै समात्दैन,’ गृह प्रवक्ता चक्रबहादुर बुढाले भन्नु भयो , ‘साधारणतया, वार्ताको वातावरण सहज बनाउन यस्तो रणनीति लिइन्छ।’
प्रहरीलाई भने औपचारिक रूपमा गृह मन्त्रालयको निर्देशन छैन। प्रहरी महानिरीक्षक शैलेश थापा र गृहसचिव महेश्वर न्यौपानेबीच केही दिनअघि भेट हुँदा वार्ताको वातावरणलाई सहज बनाउनेबारे कुराकानी भएको गृह स्रोतले बतायो।
‘पहिलेजस्तो आक्रामक हिसाबमा प्रहरीले कारबाही गरिरहेको छैन,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, ‘वार्ताको वातावरणलाई सहयोग होस् भनेर हो।’
गृह प्रवक्ता बुढाले भन्नु भयो हिंसात्मक गतिविधि गरेको पाइए कारबाही हुने बताउनु भयो ।विस्फोट र आगलागी नै गर्ने काम भए सरकारले छोड्दैन,’ बुढाले भन्नु भयो ।विप्लव समूहसँग दोस्रो चरणमा अहिले सरकारले वार्ता गरिरहेको छ।