Connect with us
Kapilvast Forest

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

२०७७, २० फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं-
नेपाली कांग्रेसकाे पदाधिकारी बैठक आज बस्दैछ। सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने बताइएको छ। बैठकले संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे धारणा बनाउनेछ।

देउवाले दिउँसो २ बजे पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुलाई छलफलका लागि बाेलाएका छन्। कांग्रेसले शीर्षतहमा छलफल गरेर संसदीय दल र केन्द्रीय समितिबाट धारणा अनुमाेदन गर्ने तयारी रहेकाे छ।

फागुन २३ गते बस्ने संसद बैठकमा कुन रुपमा प्रस्तुत हुने भन्नेबारे पदाधिकारी बैठकले तय गर्नेछ। संसदीय दलको बैठक शुक्रबारका लागि बोलाइएको छ भने केन्द्रीय समितिको बैठक शनिबार बस्ने तयारी छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu