Connect with us
Kapilvast Forest

सरकार गिराउने षड्यन्त्र हुँदैछ : अर्थमन्त्री पौडेल

२०७७, २० फाल्गुन बिहीबारमा प्रकाशित

बुटवल -अर्थमन्त्री एवं नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले सरकार गिराउने षड्यन्त्र सुरु भएको बताउनु भएको छ ।‘आफ्नो पार्टीको सरकार गिराउन संवैधानिक दायराबाट बाहिर गएर मध्यरातमा कहिले देउवा, कहिले जसपाका नेतासंग प्रस्ताव बोकेर हिँडेका छन्’ रुपन्देहीको तिलोत्तमामा बिहीबार आयोजित कार्यक्रममा उहाँले भन्नु भयो , ‘मध्यरातमा अँध्यारा कोठामा तानाबाना बुनिंदै छ ।’

लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्सा प्रकाशन गरेपछि ओली सरकारविरुद्ध प्रहार सुरु भएको पौडेलले टिप्पणी गर्नु भयो । विप्लव नेतृत्वको नेकपा र सरकारबीच वार्ता भएर तीन बुंदे सहमति भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री र विप्लवले भोलि सहमति सार्वजनिक गर्ने बताउनु भयो ।

विखण्डनको पक्षमा नारा लगाउने डा। सीके राउतलाई पनि सम्झाएर सहमतिमा ल्याउन ओली नेतृत्वको सरकार सफल भएको पौडेलले उल्लेख गर्नु भयो । अर्थमन्त्री विष्णु पौडेलले कोरोना खोप खरिदका लागि बजेट अभाव नभएको पनि बताए । उहाँले सबै नेपालीलाई सरकारले निशुल्क खोप उपलब्ध गराउंने बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu