Connect with us
Kapilvast Forest

तिलोत्तमालाई महानगर बनाइन्छ:अर्थमन्त्री पौडेल

२०७७, २० फाल्गुन बिहीबारमा प्रकाशित

रुपन्देही-अर्थमन्त्री पौडेलले तिलोत्तमालाई महानगर बनाएर छाड्ने दावी गर्नु भएको छ । तिलोत्तमालाई केन्द्र बनाएर सैनामैना, देवदह र सिद्धार्थनगरलाई जोडेर महानगर बनाउने दावी गर्नु भएको हो ।

रुपन्देही विकास निर्माणका दृष्टिले नेपालमै रोल मोडल बनेको दावी गर्दै उहाँले विकास सिक्न रुपन्देही आउनुपर्ने बताउनु भयो ।सिद्धबाबामा सुरुङ मार्ग निर्माणका लागि टेण्डर आह्वान गर्ने चरणमा पुगेको भन्दै अर्थमन्त्री पौडेलले कालिगण्डकी तिनाउ डाइभर्सन पनि छिटै कार्यान्वयन हुने दावी गर्नु भयो ।

झुम्सा खानेपानी आयोजना, बुटवल मेडिकल कलेजलाई मेडिकल युनिभर्सिटी बनाउने सोंचका साथ अघि बढेको पौडेलले बताउनु भयो । लुम्बिनी गुरुयोजना दुई वर्षभित्र पूरा हुने उल्लेख गर्दै उनले गुरुयोजनाका लागि वजेट अभाव नहुने बताउनु भयो ।

अर्थमन्त्री पौडेलले मोतिपुर औद्योगिक क्षेत्रबारे केही व्यक्तिले भ्रम सिर्जना गरिरहेको आरोप लगाउनु भयो । भूमिहीन सुकुम्बासीको व्यवस्थापन गरेर निर्माण गरिने उहाँको दावी छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu