प्रचण्ड-नेपाल पक्षले बोलायो संसदीय दलको बैठक
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल पक्षले संसदीय दलको बैठक बोलाएको छ । बैठक आज दिउँसो १ बजे सिंहदरबारमा दलको बैठक बस्ने छ ।
संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्तावबारे छलफल हुने बताइएको छ ।
यसअघि नै अविश्वास प्रस्ताव दर्ता गरेपनि उक्त प्रस्ताव अघि बढाउने वा फिर्ता लिएर अर्को प्रक्रियामा जाने भन्ने विषयमा समेत छलफल हुने प्रचण्ड(नेपाल पक्षीय नेताहरुले बताएका छन् ।त्यस्तै, नेपाली कांग्रेस संसदीय दलको बैठक पनि आजै दिउसो १ बजे बस्दैछ ।