काठमाडौं आइपुगे विप्लव
काठमाडौं- नेत्रविक्रम चन्द(विप्लव) काठमाडौं उपत्यका भित्रिनु भएको छ । आज बिहान निजी गाडी चढेर नवलपरासीबाट प्रस्थान गरेका उहाँ केहीबेर अगाडि काठमाडौं भित्रिनु भएको हो ।
सुरक्षा स्रोतका अनुसार उहाँ नागढुंगा नाकाबाट काठमाडौं आइपुग्नु भएको छ ।दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्नुहुनेछ ।
सो समारोहमा शान्ति प्रक्रियामा आउने लगायतका विस्तृत सम्झौतामा दुवैले हस्ताक्षर गर्नुहुने छ ।समारोहमा सहभागी हुन विप्लव काठमाडौं जान लागेको सूचना पाएपछि प्रहरीले चितवनबाट स्कर्टिङ गरेको थियो ।