Connect with us
Kapilvast Forest

प्रतिनिधिसभा पुनःस्थापना पछिको स्थित ताजुब देखिएको प्रधानमन्त्रीको टिप्पणी

२०७७, २४ फाल्गुन सोमबारमा प्रकाशित

 

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना पछिको स्थित ताजुब देखिएको टिप्पणी गर्नुभएको छ । १ सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापनापछि संसदमा माननीयहरुको गतिविधि अशोभनीय देखिएको भन्दै जनताका समस्या समाधान गर्ने थलोलाई नाराबाजी र धामी नाचमा परिणत गरेको टिप्पणी गर्नुभयो ।

मुद्दा लडेर आएपछि ताजुव देखियो, एउटा फैसला अदालतको जय जयकार, अर्को फैसला के गरेको यो राजनीतिमा हात हाल्न पाइन्छ ?प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले अदालतको फैसला मान्नै पर्ने भन्दै न्यायालयका फैसलालाई सम्मान गर्न आग्रह गर्नुभयो । प्रतिनिधिसभा पुनःस्थापनापछि झनै पहिलो बैठकमा नै समस्या देखिएको भन्दै उहाँले यस्तै अवस्था आउला भनेर संसद बिघटन गरेको बताउनुभयो । उहाँले सर्वोच्चको फैसलापछि प्रधानमन्त्री कुन पार्टीको हो ? भनेर सोधिएकोमा प्रधानमन्त्रीको आक्रोस थियो ।

प्रधानमन्त्रीले भन्नुभयो, अब मैले उहाँहरुलाई सोध्न नपरोस् तपाई कुन पार्टीको ?प्रधानमन्त्री ओलीको प्रतिप्रश्न थियो । हिजो संसदमा नेकपा खारेज भइसकेको अवस्थामा प्रधानमन्त्री कुन पार्टीको हो भनेर प्रश्न गर्नुपर्ने बेला भएको भन्दै सांसद भीम रावलले टिप्पणी गर्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu