Connect with us
Kapilvast Forest

विजयनगर प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुभारम्भ

२०७७, २४ फाल्गुन सोमबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको विजयनगर प्रथम गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एक भव्य समारोहका बीच सोमवारदेखि खेल शुभारम्भ गरिएको छ । स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ मूल नाराको साथमा ।
यो वर्ष बाट खेल महोत्सव सुरु गरीएको गाउँपालिकाले जनाएको छ । हिजों ( सोमवार ) बाट सुरु भइ फागुन २६ गतेसम्म हुने खेल महोत्सवमा १५ प्रकारका खेल हुने
गाँउपालीकाले जनाएको छ । ।गाउँपालिकाको वडा नं। ७ मा लौटनराम द्रोपदी देवी माध्यमिक विद्यालयको प्राङ्गणमा राष्ट्रपति रनिङ शील्ड सो प्रतियोगिता सुरु गरिएको हो ।
‘खेलको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिकालाई खेलमैत्री माहोल बनाउने बताउनुभएको छ । सबै बालबालिकाहरुलाई खेलतर्फ उत्साह, जोस, जाँगर र चाहना जगाउने विश्वास लिएको उहाँले बताउनुभयो ।

खेल महत्पूर्ण रहेकोले खेलले व्यक्तिगत रुपमा चिनाउने कुरा छँदै छ भन्दै स्वास्थ्य मानसिक, सामाजिक सद्भाव, धार्मिक हिसाबले सबैलाई एकै ठाउँमा ल्याउने, चुस्तदुरुस्त बनाउने महसुस गरेको अध्यक्ष थापाले बताउनुभयो ।

विगतका वर्षहरुमा पनि खेल आयोजना गरिदै आएपनि यस वर्ष केही व्यवस्थित भए पनि आउँदा दिनमा झन् भव्यताकासाथ आयोजना गरिने बताउनुभयो । गाउँपालिका अध्यक्ष थापाले धेरै खेलहरु रहेकोले नियममा रहेर खेल खेल्न खेलाडीहरुलाई आग्रह गर्नुभयो । प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भलिबल, एथलेटिक्स, दौड लगायत खेलमा प्रतिस्पर्धा विद्यालय स्तरिय रहने विजयनगर खेलकूद संयोजक हरिहर बेल्वासेले जानकारी दिनु भयो ।

छात्रछात्रा २ सय मिटर, ८ सय मिटर दौड, सटपुट, छात्रातर्फ ज्याभलिङ थ्रो खेल खेलाईएको छ । आज खेलाइएको खेलमा छात्रातर्फ २ सय मिटर दौडमा दुधाधारी मावि गुगौली प्रथम, लौटन राम द्रोपदी देवि मावि गणेशपुर दोस्रा र तेस्रो जनजागृति मावि लोहरौला भएको  छ । छात्रतर्फ २ सय मिटर दौडमा भुवनेश्वरी मावि जगदीशपुर प्रथम, दुधाधारी मावि गुगौली दोस्रो र जनजागृति मावि लोहरौला तेस्रो भएको  छ ।

आठ सय मिटर दौडमा छात्रतर्फ दूधाधारी मावि गुगौली प्रथम, भुवनेश्वरी मावि जगदीशपुर दोस्रो र जनजागृति मावि लोहरौला तेस्रो भएको  छ । छात्रातर्फ जनजागृति मावि लोहरौला प्रथम,  दूधाधारी मावि गुगौली दोस्रो र लौटन राम द्रोपदी देवि मावि गणेशपुर तेस्रो भएको  छ ।

सटपुट छात्रतर्फ दूधाधारी मावि गुगौली प्रथम, लौटन राम द्रोपदी देवि मावि गणेशपुर दोस्रो र जनजागृति मावि लोहरौला तेस्रो भएको  छ । साटपुट छात्रातर्फ लौटन राम द्रोपदी देवि मावि गणेशपुर प्रथम भएको छ ।

आज खेलिएको भलिबल खेलमा दूधाधारी मावि गुगौली र जनजागृति मावि लोहरौला फाइनमा पुगेको छ । ज्याभलिङ थ्रोमा छात्रातर्फ दूधाधारी मावि गुगौली प्रथम, भुवनेश्वरी मावि जगदीशपुर दोस्रो र लौटन राम द्रोपदी देवि मावि गणेशपुर तेस्रो भएको जिल्ला खेलकूद विकास समिति संयोजक ।मीन प्रसाद पोख्रेलले जानकारी दिनभएको छ ।

भोलि हुने खेलमा छात्रछात्रा ३ हजार मिटर दौड, १०० मिटर, ४ सय मिटर हाइजम्पिङ, लङ जम्पिङ, ट्रिपल जम्प, भलिबल, कबडडी, रीले दौड खेलाइने जनाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu