Connect with us
Kapilvast Forest

सिपलाई आयआर्जनमा लगाउँ :नगरप्रमुख अधिकारी

२०७७, २४ फाल्गुन सोमबारमा प्रकाशित

तालिम बाट आत्मनिर्भर हुने बिश्वास शितगंगा नगरपालिकाको वडा नम्बर ४ मा सम्पन्न सिलाई कटाइ स्तरोन्नती शिप बिकास तालिम सम्पन्न भएको छ । सामान्य सिलाइ सिकेका सहभागीहरुलाई स्तरोन्नती तालिम प्रदान गरिएको हो । तालिममा सहभागिहरुले तालिम सके सँगै आत्मनिर्भर बन्न सक्ने आसा पलाएको बताएका छन ।
सामान्य सिप रहेका महिलाहरुले ४५ दिनको तालिमले आफुहरुमा ब्यवसाय गर्न सक्ने गरि सिप सिकेकोले पनि आत्मनिभर बन्न सक्ने आसा पलाएको तालिममा सहभागी हरुले बताएका छन । बेरोजगारलाई रोजगार शितगंगाको मुल आधार नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम मेडपा अन्तरगत तालिम सञ्चालन भएको हो । तालिममा सहभागिहरुले सट,पाइट, चोली लगायतका सामाग्री सिलाउन सक्ने गरि तालिम सकिएको हो ।
कार्यक्रममा सबोधन गर्दै शितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारीले सिकेको सिपलाई आयआर्जनमा लगाउन सबै सहभागिहरुलाई अनुरोध गर्नु भयो । ब्यवसाहिक रुपमा लाग्नेहरुलाई नगरपालिकाले समेत सक्दो आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो । यस्तै शितगंगा नगरपालिका ४ का वडा अध्यक्ष दामोदर अधिकारीले सिपमुलक तालिममा सहभागीहरुले ब्यवसायिक रुपमा सफलता प्राप्त गर्न सकेमा मात्र यस्ता खालका कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन सकिने बताउनु भयो ।
समापन समारोहमा शिक्षा खाशा अधिकृत नागेन्द्र नेपाल समाजसेवी काशीराम आर्चाय ,भोजराज पौडेल लगायतको उपस्थित रहेको थियो ।
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu