कपिलवस्तुमा पनि राखियो नेकपा कार्यालयमा एमालेको बोर्ड
कपिलवस्तु-सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि देश भरी पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका छन्।
सर्वोच्च अदालतकोनर्णय पश्च्यात कपिलवस्तुमा पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यालयमा एमाले लेखिएको बोर्ड राखिएको छ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमाले कार्यकर्ताहरूले तौलिहवास्थित पार्टी कार्यालयमा मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको नाम मेटाएर एमाले राखिएको हो ।
अब पार्टी कार्यालयमा एमालेको बोर्ड राखिएपछि कार्यालय पुनः सञ्चालनमा आएको जिल्ला अध्यक्ष झबिलाल पोखरेलले बताउनु भयो । यता एमालेले आफ्नो पार्टी कार्यालय सञ्चालनमा ल्याएपछि माओवादी केन्द्र पनि छुट्टै पार्टी कार्यालय सञ्चालनको तयारीमा रहेको बुझिएको छ।
