Connect with us
Kapilvast Forest

नेपाली कांग्रेस म्याग्दीका पूर्व सभापति डा. खड्काको निधन

२०७७, २५ फाल्गुन मंगलवारमा प्रकाशित

म्याग्दी – नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीका पूर्व सभापति डा. भूपेन्द्रबहादुर खड्काको मंगलवार विहान निधन भएको छ। बेनी नगरपालिका–८ संगमचोक निवासी खड्काको ८० वर्षको उमेरमा काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ।

अकस्मात बिरामी परेपछि उनलाई आइतबार हेलिकप्टरबाट काठमाडौ लगिएको थियो। खड्का शुक्रबार र शनिबार बेनीमा भएका विभिन्न कार्यक्रममा सहभागि भएका थिए। खड्कालाई मुटु सम्बन्धी समस्या थियो। नेपाली काँग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठका अनुसार खड्का २०५६ देखि २०६७ सम्म दुई कार्यकाल जिल्ला कार्यसमितिको सभापति बनेका थिए।

उनी म्याग्दी बुहुमुखी क्याम्पस सञ्चालक समितिको पूर्व अध्यक्ष, नेपाल रेडक्रस सोसाइटीको पुर्व सभापति पनि थिए। चिकित्सक र कानुन व्यवसायी समेत रहेका खड्काले बेनीको प्रकाश माविमा शिक्षण पनि गरेका थिए। उनका एक छोरा र एक छोरी छन्। खड्काकी श्रीमतीको २०६१ सालमा निधन भएको थियो। स्पष्ट बक्ता, अध्ययनशिल र सरल स्वभावका खड्का स्वाभीमानी र निष्ठावान नेताको रुपमा म्याग्दीमा चिनिन्छन्।

खड्काको मंगलबार नै काठमाडौं स्थित पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ। यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu