Connect with us
Kapilvast Forest

आयोगले एमाले र माओवादी केन्द्रलाई भन्यो: फेरि एकीकरण गर्ने भए १५ दिनभित्र आउन

२०७७, २५ फाल्गुन मंगलवारमा प्रकाशित

election.jpg

काठमाडौं-सर्वोच्च अदालतले खारेज गरिदिएको एकीकरण फेरि गर्ने भए नेकपा (एमाले) र माओवादी केन्द्रले १५ दिनभित्र नयाँ पार्टीको नाम र चुनाव चिन्हसहित निर्वाचन आयोगमा जानु पर्ने भएको छ।

मंगलबार निर्वाचन आयोगले यी दुई पार्टी मिलेर बनेको नेकपाको दर्ता खारेज गर्दै फेरि एकीकरण गर्ने भए केन्द्रीय समितिको निर्णयसहित १५ दिनभित्र आयोगमा आउन भनेको हो।

‘आयोगको मिति २०७५ जेठ २३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल सम्मानित सर्वोच्च अदातलतको २०७७ फागुन २३ गतेको फैसलाले बदर भएकोले अब यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ विपरीत नहुने गरी दुबै दलले आ-आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णयसहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकीकरणपछि बन्ने दलको नयाँ नाम र चिन्हसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई जानकारी गराउने,’ भनी निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu