कांग्रेस नेता जोशीको अझै होस् आएन, फेरि भेन्टिलेटरमा राखियो
काठमाडौं-पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा अझै सुधार आउन सकेको छैन । उनलाई शनिवारदेखि पुनः भेन्टिलेटरमा राखिएको छ ।
नर्भिक अस्पतालमा उपचाररत नेता जोशीलाई भेन्टिलेटर सर्पोटमा राखिँदै आएकामा श्वासप्रश्वास सामान्य बन्दै गएपछि भेन्टिलेटर हटाइएको थियो ।
भेन्टिलेटरबाट निकालेको २४ घण्टा पछि पुनः शनिवार बिहान एक्कासी समस्या भएर फेरि भेन्टिलेटरमा राखिएको उपचारमा संलग्न चिकित्सक डा। राजीव झाले जानकारी दिनु भयो । नेता जोशीको पछिल्लो स्वास्थ्य अवस्था भने नर्मल नै रहेको डा। झाले बताउनु भयो । नेता जोशीको अहिलेसम्म होश भने नआएको उहाँले बताउनु भयो ।
मस्तिष्कघात भएर यही फागुन १४ गते राति मस्तिष्काघात भएर वीर अस्पताल पुर्याइएको र पछि उहाँलाइ चिकित्सकले नर्भिक अस्पताल रिफर गरेका थिए ।