Connect with us
Kapilvast Forest

घरमा आगलागी हुँदा साढे आठ लाख बराबरको क्षति

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

aago
प्रतिनिधिमुलक तस्विर

भक्तपुर- चाँगुनारायण नगरपालिका–६ तेलकोटमा मंगलबार आगलागीमा परी एक घर जलेको छ। ९२ वर्षीया पाडासैनी तामाङको दुई तले ढुंगा माटोको निर्माण गरिएको घरमा आगलागी हुँदा साढे आठ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

आगलागीमा सुनका गरगहना, नगद, अन्नपात र अन्य सामग्री जलेर नष्ट भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिए। आगलागीमा सुनको गरगहना साढे पाँच तोला, नगद दुई लाख रुपैयाँ, मकै पाँच मुरी, धान सात मुरी, घरको जस्तापाता, भाँडावर्तन र लत्ताकपडा जलेर नष्ट भएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनु भयो ।

आगो स्थानीय बासिन्दा, नेपाली सेना, प्रहरीले काठमाडौं भक्तपुर र ललितपुरको दमकलको सहायतामा करिव तीन घण्टापछि नियन्त्रणमा लिएको गिरीले बताउनु भयो । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घरभित्र रहेको बिजुलीको तारमा करेण्ट सर्ट हुँदा आगलागी भएको पाइएको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu