Connect with us
Kapilvast Forest

लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं-लोक सेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गर्दै विज्ञापन खोलेको छ ।आयोगले खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि ठूलो संख्यामा खरिदार पदमा दरखास्त आह्वान गरेको हो।

दरखास्त दिने अन्तिम मिति चैत्र १७ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर चैत्र २४ गतेसम्म फाराम भर्न सकिने आयोगले जनाएको छ।

१८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपांगता भएका उम्मेदवारहरुको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ।वहालवाला स्थायी निजामती हकमा भने उमेरको हद नलाग्ने आयोगले जनाएको छ।

प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर रु तीन सय बुझाउनु पर्ने छ। समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि रु. एक सय पचास थप दस्तुर बुझाउनु पर्ने आयोगले जनाएको छ।

साथै उम्मेदवारले छनौट गरेको सेवा/समूहको क्लष्टरका आधारमा एक भन्दा बढी क्लष्टर प्रत्येकका लागि थप रु एक सय पचास का दरले परीक्षा दस्तुर बुझाउनु पर्नेछ।परीक्षा मिति पछि प्रकाशित गरिने आयोगले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu