Connect with us
Kapilvast Forest

डेपुटी गभर्नरमा ढुङ्गाना र मिश्र,ढुङ्गाना पहिलो महिला डेपुटी गभर्नर

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

 

काठमाडौँ-सरकारले नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नरमा निलम ढुङ्गाना र बमबहादुर मिश्रलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले ढुङ्गाना र मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।

राष्ट्र बैङ्कका निवर्तमान डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल एक साताअघि सकिएको थियो । डेपुटी गभर्नरमा नियुक्त हुनुभएका ढुङ्गाना पहिलो महिला डेपुटी गभर्नर हुनुहुन्छ । उहाँहरूको कार्यकाल पाँच वर्ष रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu