Connect with us
Kapilvast Forest

पोखरा विमानस्थल चार महिनामा सम्पन्न गरिने

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

KD-Kaski-PokharaAirportTerminal

पोखरा- निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणको काम सम्पन्न गर्न चीननाबाट थप कामदार आउने भएका छन्। यही मार्च महिना भित्र उनीहरू आउन लागेका छन् ।विमानस्थल निर्माणका लागि अहिले सम्म ३२८ जना कामदारले काम गरिरहेका छन् ।

ती मध्य १७७ जना नेपाली र १५१जना चिनियाँ रहेका छन् ।विमानस्थल निर्माणको अंतिम चरणमा बिभिन्न उपकरण जडान गर्नुपर्ने भएकोले अनुभवी कामदारबाट नै यो काम गर्नु पर्ने कारण चिनियाँ कामदार थप्न लागिएको विमानस्थल परियोजना कार्यालयले जानकारी दिएको छ ।

विमानस्थल परियोजना प्रमुख विनिस मुनाकर्मीका अनुसार, विमानस्थल परियोजनाको अन्तिम चरणको कामका लागि चाहिने ट्रान्सर्फमर, ग्लाइड पार्ट्स, थप स्काभेटर, इन्धन पाइप, केबल पाइप लगायत का विभिन्न सामग्री हरु खरिद गरिसकेको छ । थप चिनियाँ कामदार आएपछि ती उपकरण जडान गरिनेछ ।

आउने जुलाई १० भित्र बिमानस्थल को सम्पूर्ण काम सक्ने तयारीका साथ पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल परियोजनाले काम गरिरहेको छ ।

अहिले सम्म ७१ प्रतिशत काम पूरा भएको छ बाकी काम भनेको उडान अवरोध हटाउन का लागि वरिपरि को डाँडा कटान, इन्धन स्टेसन निर्माण, नाला निर्माण, रंग रोगन, केबल लाइन बिछ्याउने, लगायत काम बाँकी रहेको विमानस्थल परियोजना प्रमुख मुनाकर्मीले जनउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu