Connect with us
Kapilvast Forest

जसपामा सत्ताकै लागि आन्तरिक विवाद, नेताहरु विभाजित

२०७७, २७ फाल्गुन बिहीबारमा प्रकाशित

file photo

काठमाडौं – एमाले र माओवादी केन्द्र ब्युतिएसँगै सत्ता समिकरणमा निर्णयक देखिएको जनता समाजवादी पार्टी (जसपा) सत्ताकै लागि आन्तरिक विवादमा फसेको छ । एमालेसँग मिलेर सत्तामा जाने की माओवादी केन्द्र र कांग्रेससँग मिलेर नयाँ सरकार बनाउँने भन्ने विषयमा विवाद चर्किएको हो । बाबुराम भट्टराई र उपेन्द्र यादव एमालेसँग सहकार्य गर्नै नहुने अडानमा छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँग सहकार्य गर्ने पक्षमा छन्। यहि कारण देखिएको विवाद मंगलबार एकपक्षीय रुपमा पूर्व राजपाका नेता ठाकुर र महतोले एमालेसँग संयुक्त कार्यदल गठन गरेपछि थप उग्र बनेको छ । कार्यदलमा जसपाका तर्फबाट महत्तो निकट नेता लक्ष्मणलाल कर्ण र ठाकुर निकट नेता सर्वेन्द्रनाथ शुक्ल सहभागी छन् । एमालेका तर्फबाट भने सुवासचन्द्र नेम्वाङ र अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल छन् ।

तर, यो कार्यदल बनेको पूर्व संघिय समाजवादी पार्टीका नेताहरुलाई थाहै दिइएको थिएन् । आफूहरुलाई जानकारी नदिइ कार्यदल बनाएको भन्दै उपेन्द्र यादव, बाबुराम भट्टराई सहितका नेताहरु असन्तुष्ट देखिएका छन् । जसपाका अध्यक्षसमेत रहेका यादवले आफूलाई कुनै जानकारी नदिइएको र पछि केहि ब्यक्ति गएको खबर पाएको बताए ।

जसपाभित्र सत्ता गठबन्धनका लागि दुई धार देखिएको छ। बाबुराम भट्टराई र उपेन्द्र यादव एमालेसँग सहकार्य गर्नै नहुने अडानमा छन् भने ठाकुर र महतो ओलीसँग सहकार्य गर्ने पक्षमा छन्। सोही सहकार्यका लागि उनीहरुले कार्यदल बनाएका थिए । ठाकुर र महत्तो रेशम चौधरीलाई जेलबाहिर निकालेको अवस्थामा तत्कालै एमालेलाई समर्थन गर्ने मनस्थितिमा छन् । जसपाका नेता महत्तो यो कुरालाई पुष्टि गर्दै आफूको माग पुरा गराउन छलफलका लागि कार्यदल बनाएको र जसले माग पुरा गर्छ उसैसँग सहकार्य गर्ने बताउँछन् । उनी भन्छन्– मुख्य कुरा माग हो । हाम्रो माग जसले पुरा गर्छ । त्यसैलाई साथ दिइन्छ ।

नेता महत्तोले एमाले र माओवादी कांग्रेस जोसँग पनि गठबन्धन गरेर जान सकिने बताइरहदा जसपाका अध्यक्ष उपेन्द्र यादव भने कुनै हालतमा एमालेसँग सहकार्य गर्न नसकिने बताउँछन् । ओली प्रवृतिको विरोधमा उत्रिएको जसपा फेरि ओली र एमालेलाई साथ दिन नसक्ने उनको भनाइ छ । केपी ओलीलाई हटाउनु आफूको मुख्य ध्येय भएको भन्दै अध्यक्ष यादव भन्छन्– एमालेसँग सहकार्य हुने कुनै सम्भावना छैन् ।

१० महिनाअघि समाजवादी पार्टी र राजपाबीच एकीकरण गरेर जसपा बनेको हो । अहिले सरकार बनाउने विषयमा फेरि यी दुइ दल विभाजित भएका छन् । पूर्व राजपा अर्थात राजेन्द्र महत्तो र महन्थ ठाकुर एमालेसँग मिल्न तयार भएका छन् भने पूर्व समाजवादी पार्टी अर्थात उपेन्द्र यादवहरु एमालेसँग मिल्नै नसक्ने बताइराखेका छन्।

यहि विवादका बीच सुटुक्क वार्ता टोली खटाउने ठाकुरको कदम सांसदहरुका लागि मात्र होइन, पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका लागि ‘सरप्राइज’ थियो । दुई पक्षको यो विवाद फुटको चरणसम्म पुग्न सक्ने राजनीतिक विश्लेषकहरुको आंकलन छ । रेशम चौधरीको रिहाईलाई पहिलो शर्त बनाएको पूर्व राजपाले त्यो माग पुरा भए र मालदार मन्त्रालय पाए सरकारमा आउने ओली पक्षलाई प्रष्ट संकेत दिएको छ । यदि पूर्व राजपा जसपाबाट अलग भएर गयो भने पनि नयाँ सरकार बन्ने सम्भावना रहेका कारण फुटको अवस्था आउन सक्ने विश्लेषकहरुको आंकलन छ । पूर्व राजपासँग १७ जना सांसद् छन् । जसमा एक जना निलम्बनमा परेका छन् । बाँकी १६ जना राजपाका सांसद् र एमालेका १ सय २० सांसद् जोड्दा १ सय ३६ पुग्छ । जुन हाल कायम रहेका सांसद्हरुको संख्याको ५० प्रतिशत बढि हुन्छ । यसकारण पनि ओलीको प्रलोभनमा परेर जसपा विभाजित हुने जोखिम उच्च रहेको विश्लेषकहरुको तर्क छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu