Connect with us
Kapilvast Forest

सहरयोग्य नगरपालिका पहिचान हुने

२०७७, २७ फाल्गुन बिहीबारमा प्रकाशित

 

काठमाडौँ- नयाँ घोषणा गरिएका नगरपालिका सहरयोग्य भए नभएको भन्ने पहिचान गरिने भएको छ ।
राष्ट्रिय जनगणना २०७८ ले नागरिकको सहरप्रतिको पहुँच, सहरी पूर्वाधार, प्रशासनिक सेवा सुविधाको अवस्था, सवारी साधनको सहज उपलब्धता, विश्वविद्यालयको अवस्था, खानेपानी, बिजुलीलगायतका विकासका आयामको यकिन तथ्याङ्कका आधारमा सहर पहिचान गर्ने भएको हो ।
त्यस्तै नगरपालिकाको फोहोरमैला व्यवस्थापन, स्वास्थ्य सेवामा नागरिकको पहुँच, नागरिकको आय आर्जनको अवस्था, उद्योगधन्दा र कलकारखाना सञ्चालनको अवस्था, पार्क, मनोरञ्जन स्थल, खेलमैदान सूचना र प्रविधिको पहुँचमा नागरिकको अवस्थाको तथ्याङ्क आउने गरी विभागले जनगणनाका लागि प्रश्नावली तयार गरेको छ ।
केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले विभागले उक्त सहरी पूर्वाधारको सूचक नयाँ घोषणा गरिएका नगरपालिकामा छन् कि छैनन् भन्ने तथ्याङ्क आउने गरी प्रश्नावली तयार गरेको जानकारी दिनुभयो ।
पाँच वर्षअघि सरकारले पुराना ५८ वटा नगरपालिकालाई बढाएर २३५ वटा नगरपालिका थप गरी ११ वटा उपमहानगरपालिका र पाँचवटा महानगरपालिकासहित २९३ वटा नयाँ नगरपालिका घोषणा गरेको थियो । तत्कालीन समयमा सरकारले जनङ्ख्या र भौतिक पूर्वाधारका आधारमा नगरपालिका घोषणा गरेको थियो । कतिपयले भने पूर्वाधारबिना नै सरकारले नगरपालिका घोषणा गरेको भन्दै आलोचनासमेत गरेका थिए ।
“जनगणना २०७८ बाट सरकारले पछिल्लो समयमा घोषणा गरेका नगरपालिका सहरयोग्य छन् वा छैनन् भन्ने मापनको आधार तयार हुन्छ”, विभागका उपमहानिर्देशक रेग्मीले भन्नुभयो । उहाँका अनुसार यस पटकको जनगणनाबाट ७५३ वटै स्थानीय तहका छ हजार ७४२ वटै वडाको वडागत वस्तुस्थितिसमेत आउने गरी प्रश्नावली तयार गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu