कोभिड 19 बाट ३ हजार नर्सहरुको मृत्यू
एजेन्सी-कोरोना भाईरसको संक्रमणबाट हालसम्ममा विश्वमा कम्तीमा ३ हजार नर्सहरुको मृत्यू भैसकेको विश्व नर्स महासंघले जनाएको छ। यसरि मृत्यू भएका नर्सहरु विभिन्न ६० देशका छन।नर्सहरु प्रत्यक्ष रुपमा कोरोना संक्रमितहरुको उपचारमा संलग्न रहनु परेकोले यसरि नर्सहरुको मृत्यू बढनुमा संक्रमणनै मुख्य कारण भएको जनाईएको छ।
विश्व स्वास्थ्य संगठनले सन २०२१ को पहिलो १ सय दिन सबै स्वास्थ्यकर्मीहरुलाई खोप लगाउनु पर्ने धारणा सार्वजनिक गरेको थियो। तर अझै विभिन्न मुलुकमा खोप लगाईनेक्रम जारी रहेको छ।
नेपालमा पनि स्वास्थ्यकर्मीहरुले पहिलो चरणको खोप लगाईसकेका छन भने दोश्रो चरणको खोप लगाउन बाँकी छ।