Connect with us
Kapilvast Forest

सोमपाल कामीमाथि ‘क्यान’को कारबाही

२०७७, २८ फाल्गुन शुक्रबारमा प्रकाशित

 

 

काठमाडौं- नेपाल क्रिकेट संघ(क्यान)ले त्रिभुवन आर्मी क्लबका अलराउन्डर सोमपाल कामीमाथि कारबाही गरेको छ । बागमती विरुद्धको खेलमा त्रिभुवन आर्मीका सोमपाल कामीले अभद्र ब्यवहार गरेको आरोपमा कारबाहीमा परेका हुन् ।

नेपाल क्रिकेट संघले बागमती विरुद्धको खेलमा कामीले गाली गरेको हुँदा अम्पायरले रिपोर्ट गरेपछि छानबीनको क्रममा दोषी पाइएको जनाएको छ ।

उहाँलाई खेलाडी संहिताको धारा २.३ अनुसार लेभल १ को दोषी पाइएपछि एक अङ्क घटाउनुका साथै चेताबनी दिइएको क्यानले उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)को खेलाडी आचार संहिताको धारा २.३ ले खेलको क्रममा खेलाडीले अभिब्यक्त गर्ने भाषाबारे उल्लेख गरेको छ ।
मेयर्स कप क्रिकेटको बागमती र त्रिभुवन आर्मी क्लबबीचको स्पर्धामा म्याच रेफ्री रहनुभएका समीर खानले कारबाहीबारे जानकारी गराउनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu