Connect with us
Kapilvast Forest

नेपालले विश्वकप छनोटका बाँकी खेल कुवेतमा खेल्ने

२०७७, २९ फाल्गुन शनिबारमा प्रकाशित

 

काठमाडौं- फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपालले खेल्ने छनोट खेल कुवेतमा हुने भएको छ। छनोटअन्तर्गत नेपालले खेल्न बाँकी रहेका तीन खेल कुवेतमा हुने एसियाली फुटबल महासङ्घ (एएफसी)ले जनाएको छ।

विश्वकप छनोटअन्तर्गत समूह ‘बी’का बाँकी खेल कुवेतमा हुने भएको हो। कोरोना भाइरसको महामारीका कारण चाइनिज ताइपेइ र अष्ट्रेलियाले नमानेपछि दशरथ रंगशालामा हुने भनिएका खेल स्थगित भएका थिए। छनोटका बाँकी खेल मे ३१ देखि जुन १५ तारिखसम्म हुनेछन्।

प्रतियोगितामा नेपालले चाइनिज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ। समूह ‘बी’मा रहेको नेपालले हालसम्म पाँच खेलबाट तीन अंक जोडेको छ। चाइनिज ताइपेइलाई हराएको नेपाल चौथो स्थानमा छ। समूह ‘बी’को शीर्ष स्थानमा अष्ट्रेलिया छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu