Connect with us
Kapilvast Forest

अकोरावको लुम्बिनी प्रदेश अध्यक्षमा राजु खराल सर्वसम्मत चयन

२०७७, २८ फाल्गुन शुक्रबारमा प्रकाशित

माधव बेल्बासे
चन्द्रौटा ,कपिलवस्तु
सामुदायिक रेडियो प्रशारक संघ अकोरावको लुम्बिनी प्रदेश अध्यक्षमा राजु खराल सर्वसम्मत चयन भएका छन् । गत पुस २५ गते देखि काठमान्डौमा सुरु भएको अधिवशेनले खराललाई प्रदेश अध्यक्षमा चयन गरेको हो। कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा निवासी खराल लामो समयदेखि कपिलवस्तुमा रहेर पत्रकारीता गर्दै आएका हुन । लामो समयदेखि सामुदायिक रेडियोका कार्यरत रहेका खराल यस भन्दा अघि प्रदेश उपाध्यक्षमा निर्वाचित भएका थिए ।
सामुदायिक रेडियोमा राम्रो दख्खल भएका खरालले प्रदेशका रेडियोहरुलाई व्यवस्थित बनाई नागरिकहरुको आवाज बोल्ने माध्यमको रुपमा सामुदायिक रेडियोलाई लैजाने प्रतिकृया दिएका छन् । धरै सामुदायिक रेडियोहरुमा आर्थिक समस्या,कर्मचारीको अभाव ,स्थानिय सरकार सँगको सहकार्यको कमी लगाएत अनेकै समस्याहरु रहेकोले अब ति समस्यालाई सहज बनाउने प्रतिबद्धता जनाए ।
पढाईको शिलशिलामा बुटवल पुगेका खरालको त्यँहावाट रेडियो यात्रा सुरु भयो । केहि वर्ष बुटवल केहि वर्ष रेडियो कपिलवस्तुमा काम गरेका खरालको अगुवाईमा जिल्लाको तेस्रो रेडियोका रुपमा रेडियो समानता स्थापना गरे । रेडियो समानतामा झण्डै ७ वर्ष स्टेसन म्यानेजर र विगत ३ वर्ष देखि अध्यक्षको रुपमा रहेका खरालले सामुदायिक रेडियोहरुलाईहरुलाई स्थापित गरी जनताको आवाजको रुपमा हुनुपर्ने बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu