Connect with us
Kapilvast Forest

बेलायतमा दैनिक संक्रमण घट्दै, थप १७५ को मृत्यु

२०७७, २९ फाल्गुन शनिबारमा प्रकाशित

एजेन्सी-बेलायतमा पछिल्लो २४ घन्टामा थप १७५ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २५ हजार ३४३ पुगेको छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ६ हजार ६०९ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा संक्रमितको संख्या ४२ लाख ४८ हजार २८६ पुगेको छ ।

बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या घटेर ८ हजार ४०४ मा झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार १९४ छ ।

बेलायतमा हालसम्म दुई करोड ४७ लाख भन्दा बढी डोज भ्याक्सिन वितरण भैसकेको छ । शुक्रबारसम्म खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या दुई करोड ४७ लाख ५९ हजार ६०३ पुगेको छ ।

कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ३३ लाख १४ हजार ५२५ जनाले पहिलो डोज लिएका छन् भने १४ लाख ४५ हजार ७८ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

कोरोना महामारी उच्चतम बिन्दुमा पुगेपछि इंग्ल्याण्ड सरकारद्वारा जारी कडा प्रतिबन्धका कारण र कोरोना विरुद्धको खोपको प्रभावका कारण कोरोना संक्रमणमा कमी आएको अधिकारीहरुले बताएका छन् ।

शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्यांकले बेलायतमा कोरोना भाइरस संक्रमण फैलिने दर क्रमश घट्दै गएको जनाएको छ ।पछिल्लो तथ्यांकअनुसार बेलायतमा संक्रमण दरको मापक ’आर नम्बर’ शून्य दशमलव ६ देखि शून्य दशमलव ८ को बीचमा छ ।

त्यस्तै, अहिले बेलायतमा कोरोना संक्रमणको विकास दर माइनस ७ देखि माइनस ४ प्रतिशत छ । जसको अर्थ बेलायतमा संक्रमण हरेक दिन ४ देखि ७ प्रतिशतले घटिरहेको छ ।

‘आर नम्बर’ १ रहँदा हरेक संक्रमित एक जनाबाट अर्को एक मानिसमा संक्रमण फैलिने गर्छ। जसको अर्थ अहिले बेलायतमा संक्रमितको संख्या घटिरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu