Connect with us
Kapilvast Forest

अमेरिकामा प्रहरीबाट मारिएका जर्ज फ्लोइडको परिवारलाई ३ अर्ब क्षतिपूर्ति

२०७७, २९ फाल्गुन शनिबारमा प्रकाशित

एजेन्सी -प्रहरीले घाँटी न्याक्दा मारिएका अश्वेत युवा जर्ज फ्लोइडका परिवारलाई अमेरिकाको स्थानीय सरकारले ३ अर्ब १३ करोड २० लाख रुपैयाँ (२७ मिलियन डलर) क्षतिपूर्ति दिने भएको छ।

सन्‌ २०२० मे २५ तारिखका दिन मिलियापोलिस नगरमा फ्लोयडको हत्या भएको थियो। प्रहरी अधिकारी डेरेक चौविनले फ्लोयडमा समातेर भुइँमा लडाइ घाँटीमा घुँडाले थिचेर मारेका थिए।

यो घटनालगत्तै संसारभर काला जातिको अधिकार र श्वेत दमनविरुद्ध ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलन चर्किएको थियो।

हत्या भएको झण्डै एक वर्षपछि मिलियापोलिस नगर परिषद्‌ बैठकले फ्लोयडको परिवारलाई २७ मिलियन अमेरिकी डलर राहत (क्षतिपूर्ति) दिने घोषणा गरेको हो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu