धनगढी -कैलालीको गेटामा एक पुरुष मृत भेटिएका छन्। धनगढी-गेटा सडकखण्डको नालीमा पानीमा तैरिएको अवस्थामा शव फेला परेको हो।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकको पहिचान हुन सकेको छैन। घटनास्थलमा पुगेको प्रहरीको टोलीले शवलाई पानीबाट निकाल्ने काम भइरहेको बताएको छ।