Connect with us
Kapilvast Forest

मुग्लिन नारायणगढ सडकमा १५ वटा नयाँ पुल बन्दै

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

चितवन- उच्च स्तरीय सडक निर्माणपछि मुग्लिन नारायाणगढ सडक खण्डमा १५ वटा नयाँ पुन निर्माणकार्य सुरु भएको छ । दुइ वर्ष अगाडि मात्र सडक चौडा पारिएको थियो । सडक फराकिलो हुने तर पुल भने पुरानै अवस्थामा हुँदा सवारी साधनको जाम नहटेपछि दुई वटा प्याकेजमा १५ वटा पुल निर्माणकार्य सुरु भएको हो ।

पहिलो प्याकेजमा मुग्लिङदेखि सिमलतालसम्म सातवटा र दोस्रो प्याकेजमा सिमलतालदेखि जुगेडीसम्म आठवटा पुल निर्माण शुरु भएको मुग्लिन नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी सबिना रानाभाटले जानकारी दिनुभयो ।
दोस्रो प्याकेजका आठवटै पुलको डिजाइन स्वीकृत भइसकेको छ । आठवटामध्ये छवटा पुलको निर्माण काम सुरू भइसकेको नारायणगढ–मुग्लिन सडक आयोजनाको सूचना अधिकारी रानाभाटले बताउनुभयो ।

‘‘पहिलो प्याकेजका धेरै पुलहरुको डिजाइन स्वीकृत हुन बाँकी छ’, उहाले भन्नुभयो, ‘यी पुलहरु ठेक्का परिसकेपछि कन्ट्याक्टर आफैँले डिजाइन गर्छ, विभागबाट स्वीकृत भएपछि मात्रै कन्ट्याक्टरले काम सुरू गर्छ ।’

पहिलो प्याकेजअन्तर्गतका पुलहरुको डिजाइन स्वीकृत हुने क्रममा रहेको उहाले बताउनुभयो । पुरानो तरिका अनुसार पहिला डिजाइन बनाएर ठेक्का व्यवस्थापन गर्दा धेरै समय लाग्ने गरेको उहाँको भनाइ छ । पहिलो प्याकेजका पुल निर्माण गर्न करिब ६८ करोड रूपैयाँ र दोस्रो प्याकेजका पुल निर्माण गर्न ५९ करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ ।

दुईवटै प्याकेजका पुल निर्माणको जिम्मा अनक कन्स्ट्रक्सन काठमाडौँले पाएको हो । पुलहरु निर्माण गर्न ठेकेदार कम्पनीसँग २०७६ चैत १० गते सम्झौता भएको हो । ‘सम्झौता भइसकेपछि लकडाउन सुरू भयो’, उहाले भन्नुभयो, ‘२०७७ असारसम्म त उहाहरुले सर्वे गर्न पनि पाउनुभएन । अहिलेचाहिँ काम धमाधम भएको छ ।’

नारायणगढ–मुग्लिन सडकमा पुराना पुलहरुको चौडाइ ६ देखि ७ मिटरमात्रै छ । अब बन्ने पुलहरुको चौडाइ ९ देखि ११ मिटरसम्म हुने रानाभाटले भन्नुभयो । ‘दोस्रो प्याकेजका लगभग सबै पुलको चौडाइ ११ मिटर हुन्छ । पहिलो प्याकेजको चाहिँ ठाउँ हेरेर कुनै पुलको नौ मिटर पनि हुनसक्छ ’ ।

यसअघिको ठेक्कामार्फत नारायणगढ–मुग्लिङ सडकमा पर्ने चारवटा पुल निर्माण भएका छन् । खानीखोला, दासढुङ्गा र मौरीखोला पुल निर्माण सम्पन्न भइसकेका छन् । जलविरेको पुल अन्तिम चरणमा छ ।

यस पुलको निर्माणका क्रममा डिजाइन परिवर्तन गर्नुपरेकाले केही ढिला भएको उहाले जानकारी दिनुभयो । अहिले यसको भौतिक प्रगति ९५ प्रतिशत नाघेको छ । जलविरेको पुल निर्माण भएपछि करिब ३०० मिटर बाटो छोटिने बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu