Connect with us
Kapilvast Forest

भारत लैजांदै गरेको मदिरासहित एक भारतीय पक्राउ

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

 

मोरङ- ठूलो परिणामा विभिन्न ब्राण्डका सिलप्याक मदिरासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारत मटियारी ग्राम पंचायतका ३२ वर्षीय शिव लाल राय रहेका छन् ।

ठूलो परिणामको मदिरा नेपालबाट भारत तर्फ चोरी निकासी हुन लागेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गत राती साढे १ बजे मोरङको जहदा-१ लंकाटोल पुगेको थियो ।

त्यहाँ स्थानीय रमेश यादवको घर कोठामा भण्डारण गरिएको मदिरा उंमग लेखिएको ३०० मिली ग्रामको ५७ काटुन, पलपल लेखिएको ३०० मिली ग्रामको ४० काटुन, सोफीका लेखिएको ३०० मिली ग्रामको ३७ काटुन, हरपल लेखिएको ३०० मिली ग्रामको १५२ काटुन र ३०० मिलीग्रामको खुल्ला १९९५ बोतल मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त स्टोरमा मदिरा भण्डारण गरी नेपालबाट भारत तर्फ चोरी निकासी गरी लैजान लागेका भारतीय नम्बर प्लेटको WB.20 Z.1087 नम्बरको कार र ४ वटा मोटरसाईकल सहित शिवलाल रायलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका रायको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu