आहा !मुक्तिनाथ (फोटो फिचर)
काठमाडौं-म्याग्दीको बेनी नगरपालिका-९ मा अवस्थित गलेश्वरधाम एक अलौकिक शक्तिधामका रुपमा परिचित रहेछ । धार्मिक ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्त्वपूर्ण मानिएको गलेश्वरधाम रहु नदी र कालीगण्डकीको पवित्र संगममा पर्छ ।
नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित यस शिलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र वृक्षले यसलाई अद्भूत बनाएको छ ।
श्रीमद्भागवत पुराणअनुसार श्री महादेवले सतिदेवीको मृत शरीर बोकेर कृष्णागण्डकी किनारै किनार हिमालय पर्वततर्फ जाँदै गर्दा यसै स्थानमा सतिदेवीको गलापतन हुँदा ज्योतिर्लिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूप रहनुभएकाले यसको नाम गलेश्वरधाम रहन गएको भन्ने भनाइ रहेछ ।

तस्विर अनलाइन खवरबाट साभार