Connect with us
Kapilvast Forest

कुखुरापालनबाट वार्षिक ५० लाख आम्दानी

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काडमाडौं– ६, चिसाबाङका ४० वर्षीया ईश्वरीप्रसाद पोख्रेलले साढे चार करोड लगानीमा गाउँमै प्रिसा पशुपंक्षी तथा कृषि फार्म संचालन गर्नुभएको छ ।

वि.सं. ०६१ सालमा भारतीय सैनाको जागिर बीचैमा छोडेर घर फर्केपछि उहाँले व्यावसायिक रुपमा लेयर्स जातको कुखुरापालन थाल्नु भएको हो । अण्डा उत्पादनसँगै रोजगारीको अवसर दिन फार्म सुरु गरिएको पोख्रेलले बताउनुभयो । ‘गाउँमै केही गर्छु, भनेर जागिर छोडेको हुँ ।’ उहाँले भन्नुभयो,’ अरुलाई पनि काम दिएको छु, रमाएकै छु, १८ जनाले फार्ममा रोजगारी पाएका छन् ।’

वि. सं. २०७५ देखि एकल लगानीमा व्यवसाय सुरु गरेका पोख्रेलले जिल्लाकै ठूलो लगानीका कृषकको पहिचान बनाउनुभएको छ । यहाँ उत्पादित अण्डा प्युठानसहित भैरहवा, नेपालगंज र काठमाडौंसम्म पुग्ने गरेको छ । फर्मका व्यवस्थापक वियजकुमार गुप्ताले बन्दाबन्दिपछि उत्पादित अण्डाको माग गाउँगाउँमा बढिरहेको छ, भन्नुभयो ।

‘फार्ममा अहिले सात हजार कुखुरा छन् ।’ अझैँ थप्दै छौं ।’ उहाँले भन्नुभयो,’त्यसका लागि छ करोड लगानीमा दुई लाख कुखुरा अट्ने संरचना बन्दै छन् । ’ फार्मले आफ्नै लगानीमा कुखुराको खोर, लिफ्ट सिँचाइ, प्लाष्टिक घर, विजुलीको टान्र्समिटर, सडक जस्ता पूर्वाधार बनाएको छ भने अण्डा, दाना ढुवानीका लागि पिकअप र ट्र्याक्टर समेत किनेको छ । कुखुराका लागि भैरहवाबाट दाना किनेर ल्याउने गरिएको छ । १६ रोपनी आफ्नै र ७ रोपनी लिजमा गरी कूल २२ रोपनी जग्गामा फार्म फैलिएको छ । फार्मबाट वार्षिक ५० लाख रुपियाँ आम्दानी हुँदै आएको व्यवस्थापक गुप्ताले बताउनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu