Connect with us
Kapilvast Forest

श्रीलङ्काका सबै विद्यालय आउँदो अप्रिलदेखि खुल्ने

२०७७, ३ चैत्र मंगलवारमा प्रकाशित

एजेन्सी – श्रीलङ्काका सबै विद्यालयहरू आउँदो अप्रिलदेखि खुल्ने भएका छन् ।स्थानीय सिन्हला र तमिल समुदायको नयाँ वर्षपछि मात्रै सबै अध्ययन अध्यापन कार्य सुरु गर्नु उपयुक्त हुने भन्दै १९ अप्रिलदेखि सुरु गर्ने निर्णय भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ। शिक्षा मन्त्रीले अप्रिल १९ देखि सबै विद्यालयहरु खोल्न आवश्यक तयारी भइरहेको जानकारी दिनुभएको हो ।

कोरोना भाइरसको दोस्रो चरणको महामारीका कारण श्रीलङ्कामा गएको अक्टोबरदेखि विद्यालयहरु बन्द छन् । ५, ११ र १३ का कक्षा भने हिजोदेखि सुरु भएका छन् । विद्यालयहरु सबै खोल्नु अगाडि सबै विद्यालयहरूलाई आधारभूत स्वास्थ्य मापदण्ड पूरा गर्न लगाइने र सञ्चालनका बेलामा ती सबै मापदण्ड पालना गर्नु पर्ने व्यवस्था गरिने भएको छ ।

श्रीलङ्कामा कोरोना भाइरसबाट अहिलेसम्म ८७ हजार ९०७ जना सङ्क्रमित भएका छन् भने तीमध्ये पाँच सय २७ जनाको ज्यान गएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu