Connect with us
Kapilvast Forest

वीरगञ्जमा इँटाभट्टाभित्र खस्दा २ जना घाइते

२०७७, ३ चैत्र मंगलवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं- वीरगञ्ज–३१ बेल्वामा इँटा भट्टामा जलेर दुई जना घाइते भएका छन्।केबी इँटा उद्योगको भट्टामा जलेर ५० वर्षीय कलिम मियाँ र भारतीय कामदार कलेशकुमार घाइते भएको पर्सा प्रहरीले जनाएको छ।

घाइतेमध्ये कलिमको अवस्था गम्भीर छ। इँटा पोल्ने चिम्नी भट्टीमा खसेर उनीहरु घाइते भएका हुन्। गण्डकस्थित नारायणी वयोधा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौं ल्याइएको छ।

मियाँको अवस्था गम्भीर भएकोले हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डिएसपी० ओमप्रकाश खनालले जानकारी दिनु भयो ।

कलामको शरीरको ५० प्रतिशत भाग आगोले जलेको नारायणी वयोधा अस्पताललाई उदृत गर्दै डिएसपी खनालले बताए। उद्योगका लेखापाल मजरे आलमका अनुसार उद्योगको निरीक्षणमा गएको समयमा कामदार भट्टीमा खस्न लागेको देखेपछि मियाँ जोगाउन गएका थिए।तर, उनी स्वयं चिप्लेर भट्टीमा खसेको उहाँको भनाइ छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu