Connect with us
Kapilvast Forest

अमेरिकाको फ्लोरिडामा विमान दुर्घटना, तीनजनाको मृत्यु

२०७७, ३ चैत्र मंगलवारमा प्रकाशित

plane-crass.jpg
प्रतिनिधिमुलक तस्विर

 

 

काठमाडौं- अमेरिकाको फ्लोरिडामा विमान दुर्घटना हुँदा कम्तीमा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा एक महिला घाइते भएकी छन् ।

अधिकारीहरुले दिएको जानकारीअनुसार दक्षिणी फ्लोरिडामा सोमबार एक सानो विमान गुडिरहेको कारमा ठोक्किएको थियो ।

 

विमान पेम्ब्रोक पाइन्समा रहेको नर्थ पेरी विमानस्थलबाट उडेको केही समयमा नै दुर्घटनामा परेको जनाइएको छ । दुर्घटनामा विमानमा सवार दुवैजनाको मृत्यु भएको छ भने कारमा यात्रा गरिरहेका एक बालकको पनि मृत्यु भएको छ । कारमा रहेकी अर्की एक महिला घाइते भएकी छन् ।

दुर्घटनापछि घटनास्थलमा प्रहरी आइपुग्दा बालक कारभित्र थुनिएका थिए भने चालकले जसोतसो महिलालाई बाहिर निकालेका थिए । उनीहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको थियो । कारका चालकको अवस्था भने अज्ञात छ ।

अमेरिकाको हवाई सुरक्षा नियामकले यो दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको बताएको छ । गत वर्ष मात्र उक्त क्षेत्रमा पाँचपटक विमान दुर्घटना भएको थियो । जसमध्ये चार दुर्घटनामा मानिसको मृत्यु पनि भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu